माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु


 


सुर्खेत, चैत २२ । जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

छेडागाड नगरपालिका–३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

मङ्गलबार दिउँसो घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घाइते हुनुभएकी अधिकारीको आज बिहान मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्