मोटर जोड्नेक्रममा करेन्ट लागेर मृत्यु


 


रौतहट, चैत २२ । गरूडा नगरपालिका–३ मलाही टोल बस्ने ४० वर्षीय मनोज सहनीको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ ।

आफ्नै घरको कलमा नयाँ मोटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्