माओवादीले इलाम–२ मा एमाले उम्मेदवार सुहाङलाई सघाउने


 


काठमाडौं, चैत २२ । इलाम–२ को उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका धिरेन्द्र शर्मालाई नाम फिर्ता लिन लगाएर एमालेलाई सहयोग गर्ने निर्णय गरेको हो ।

इलाम–२ मा १५ बैशाखमा उपनिर्वाचन हुँदैछ । एमालेबाट सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ, पहिचानवादीबाट डगेन्द्रसिंह थेगिमले उम्मेवार बनेका छन् ।

नेपाली कांग्रेसले भने हालसम्म् उम्मेदवार घोषणा गरिसकेको छैन ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्