कर्णालीका मुख्यमन्त्रीद्वारा राजीनामाको घोषणा


 


काठमाडौँ, चैत २१ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामाको घोषणा गरेका छन् ।

बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । त्यसक्रममा उनले आफूले परिवेश बदलिएकाले विश्वासको मत नलिई राजीनामा दिने निर्णय गरेको जानकारी दिए ।

राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: २१ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्