पूर्वन्यायाधीश पत्नी आरती रावलले सर्वोच्चको इजलासमै गरिन् विष सेवन


 


काठमाडौँ, चैत २१ । कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले सर्वोच्च अदालतमा मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी छिन् ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा रावलले विष सेवन गरेकी हुन् ।

फाँट नम्बर ७ मा मुद्दाको बहस चलिरहेको बेला उनले विष सेवन गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

श्रीमान् गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै उनले जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । गिरीविरुद्ध कपिलवस्तु जिल्ला अदालतले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले गत चैत २८ गते गिरीलाई पक्राउ गरेर कपिलवस्तु लगेको थियो । तर, अदालतले उनलाई धरौटीमा छोडेको थियो । आरतीले यसअघि सर्वोच्च परिसरमा आत्मदाहको प्रयाससमेत गरेकी थिइन् ।

प्रकाशित मिति: २१ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्