अन्तत: कर्णालीका मुख्यमन्त्री शर्मा राजीनामा दिन तयार


 


सुर्खेत, चैत २१ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा अन्ततः राजीनामा दिन तयार भएका छन् ।

सत्ता गठबन्धनमा भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेपछि राजीनामा दिन अस्वीकार गरेका शर्मा अन्ततः राजीनामा दिन तयार भएका हुन् । अहिले आजै बस्ने प्रदेश सभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शर्माले प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्र केन्द्रमा भएको सहमति कार्यान्वयन गर्ने माओवादी सांसदहरूको अडान थियो ।

तर प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोनमार्फत एमालेलाई नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति: २१ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्