सुनको मूल्यमा आज अर्को नयाँ रेकर्ड, चाँदीको पनि बढ्यो


 


काठमाडौं, चैत २१ । नेपाली बजारमा सुनको मूल्यमा बुधबार अर्को नयाँ रेकर्ड बनेको छ ।

सुन आज तोलामा एक हजार आठ सय रुपैयाँ बढ्दै हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ३३ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो दिनको तुलनामा हिजो (मंगलबार) सुनको मूल्य सामान्य घटेर प्रतितोला एक लाख ३१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।

चाँदी आज तोलामा ६५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार ६ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २१ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्