उम्मेदवार टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


 


काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज पनि बस्दैछ । उपनिर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउन आज दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

यसअघि हिजो साँझ बसेको बैठकमा सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षबिच उम्मेदवार चयनमा विवाद भएपछि कुनै निर्णय लिइएको थिएन ।

सभापति देउवाले बैठकमा इलाम–२ मा डम्बर खड्का र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवारका रूपमा प्रस्ताव गरेका थिए ।

सभापति देउवाको प्रस्तावमा नेता शेखर कोइराला र महामन्त्री गगन थापाले असहमति जनाएपछि उम्मेदवारको टुङ्गो लाग्न सकेको थिएन ।

यस्तै कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्न आजै अपराह्न ४ बजे संसदीय बोर्डको बैठक बस्ने बताइएको छ ।

प्रकाशित मिति: २१ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्