मकाउ पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ


 


काठमाडौं, चैत २० । मकाउ पठाइदिन्छु भन्दै २० लाख ८५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले काटमाठौं बुढानिलकण्ठबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सोलुखुम्बु दुधकोशी गाउँपालिका–४ घर भई बुढानिलकण्ठ–११ कपन बस्ने ३४ वर्षीय सन्तोष गुरूङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गुरूङले १० जनालाई वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई मकाउ पठाईदिन्छु भन्दै पीडितहरूबाट उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: २० चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्