नावालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा खाजाघर संचालक पक्राउ


 


काठमाडौं, चैत २० । नावालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका(१६ स्थित ‘लाफा’ नाम गरेको खाजाघरका संचालक पक्राउ परेका छन् ।

काठमाडौं बालाजु बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका–६ घर भएका २३ वर्षीय नविन कुमार मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त खाजाघरमा बालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो
बबरमहलबाट खटिएको प्रहरीले नविन कुमारलाई पक्राउ गरेको हो । साथै उक्त खाजाघरबाट एक जना बालिकालाई समेत प्रहरीले उद्दार गरेको छ ।

खाजाघर सञ्चालकमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २० चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्