पर्वतमा श्रीमान-श्रीमती मृत फेला, हत्याको आशंका


 


काठमाडौं, चैत २० । पर्वतको जलजलामा श्रीमान-श्रीमती मृत फेला परेका छन् ।

जिल्लाको जलजला गाउँपालिका वडा नम्बर २ स्थित एक घरमा श्रीमान् र श्रीमती मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी खुमलाल भुसालका अनुसार मृतक ६९ सूर्यबहादुर घर्ती र उनकी ६७ श्रीमती गमला घर्ती मृत फेला परेका हुन् । उनीहरूको हत्या भएको आशंका गरिएको छ ।

मंगलबार बिहान पौने ११ बजेतिर प्रहरीलाई खबर भएपछि डिएसपी भुसालसहितको टोली घटनास्थलतर्फ गएको छ ।

प्रकाशित मिति: २० चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्