उम्मेदवार टुंग्याउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै


 


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउन बैठक बोलाइएको हो ।

प्रदेश सभातर्फ बझाङ-१ ‘क’ मा हुने उपनिर्वाचनका विषयमा पनि छलफल हुनेछ ।

निर्वाचन आयोगले चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ताको समय तोकेको छ ।

वैशाख १५ गते इलाम र बझाङमा उपचुनाव हुँदै छ ।

प्रकाशित मिति: २० चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्