तीन दलको बैठक निष्कर्षविहीन


 


काठमाडौँ, पुस १८

राजनीतिक गतिरोध अन्त्यको प्रयासमा बसेको प्रमुख तीन दलको बैठक आज पनि निष्कर्षविहीन भएको छ । सिंहदरवारमा बसेको बैठकमा शीर्ष नेताहरु आ-आफ्नै अडानमा कायम रहेपछि सहमति नभएको हो ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान दोहोर्‍याएका थिए । उनले बैठकपछि पनि पत्रकारहरुसँग कुरा गर्दै संशोधन प्रस्ताव फिर्ता भए सहमति हुने बताए ।

प्रकाशित मिति: १८ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्