चीन भ्रमण सफल भयो, बीआरआई कार्यान्वयन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ


 


काठमाडौँ, चैैत १९ । उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण सफल भएको बताएका छन् ।

जनवादी चीनको साताव्यापी भ्रमण सकेर सोमबार स्वदेश फर्किएका श्रेष्ठले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमण उपलब्धिपूर्ण भएको दाबी गरेका हुन् ।

उनले भ्रमणले आन्तरिक श्रोत र साधनलाई कसरी वृद्धि गर्ने र विदेशी लगानी भित्र्याउने भन्नेमा छलफल केन्द्रित भएको बताए ।

यस्तै उनले बीआरआई कार्यान्वयनमा कुनै समस्या नभएको भन्दै यसलाई छिट्टै अन्तिम रुप दिइनेसमेत बताए । चीनबाट बीआरआई अन्तर्गतको सहयोग अनुदानमा लिने कि ऋणमा लिने भन्ने विषयमा त्यति विवाद नरहेको भन्द्यै उनले यस बारेमा तेस्रो फेजमा टुङ्गो लगाउने बताए ।

साथै उनले नेपाल र चीनबिच विगतमा भएका सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा समझदारी गरेको बताए ।

प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्