स्थानीय तहको निर्वाचन तत्काल गर्नुपर्छः महत


 


काठमाडौँ, पुस १८

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नयाँ वा पुरानो जुन संरचनामा भएपनि स्थानीय तहको निर्वाचन तत्काल गर्नुपर्ने बताएका छन् । सोमबार झापाको दमकमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले सात दशक लामो संघर्षपछि प्राप्त भएको संविधानको रक्षाको लागि निर्वाचनको विकल्प नभएको बताए।

स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा बेथिती मौलाएको भन्दै नेता महतले तत्काल स्थानीय निकायको निर्वाचन घोषणा गर्नुपर्ने बताए। संसदमा दर्ता भएको संविधान संशोधन विधेयकको विरोधमा एमालेले संसद अवरोध गरिरहे लोकतान्त्रिक विधि अपनाउनुको विकल्प नभएको महतको भनाइ छ। नेकपा एमाले र मधेसवादी दलको हठका कारण कारण मुलुकमा राजनीतिक गतिरोध कायम रहेको उनले दावी गरे।

मन्त्रीले मन्त्रालय तथा आफू मातहतका सरकारी निकायमा निकटका ब्यक्ति नियुक्त गर्ने प्रथाले कुशासन बढेको पूर्व अर्थमन्त्री महतले दावी गरे।

प्रकाशित मिति: १८ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्