हावाहुरीले ढलेको रूख गुड्दै गरेको स्कुटरमा खस्दा एक युवकको मृत्यु


 


पाल्पा, चैत १८ । तानसेन नगरपालिका–८ जरेपिपलस्थित सिद्धार्थ राजमार्गमा हावाहुरीले गर्दा ढलेको रूख गुडिरहेको स्कुटरमाथि खस्दा एक युवकको मृत्यु भएको छ ।

रुखले च्यापिएर लु.८१ प ११३६ नम्बरको स्कुटरमा सवार सोही नगरपालिका–५ कैलाशनगर बस्ने १९ वर्षीय भुवन दर्लामीको शनिबार साँझ मृत्यु भएको हो ।

सडक माथिबाट रूखहरु ढली सडक अवरोध भएको र दुई वटा स्कुटर तथा एक मोटरसाइकल रूखले च्यापिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी टोली खटिएको थियो ।

प्रहरीले गरी उक्त स्कुटरसँग च्यापिएर घाइते भएका स्कुटर चालक सोही नगरपालिका–२ बडिज्ञानटोल बस्ने २० वर्षीय प्रथम शाही र स्कुटरमा सवार भुवनलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएकोमा उपचारको क्रममा भुवनको मृत्यु भएको हो । स्कुटर चालक शाही उपचार पश्चात डिस्चार्ज भएका छन् ।

प्रहरीले उद्दार कार्य गर्नुका साथै सडकमा ढलेका रूखहरू हटाई अवरोध सडक सुचारू गरेको जनाएको छ ।

प्रकाशित मिति: १८ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्