चट्याङ लागेर बालिकाको मृत्यु


 


दैलेख, चैत १८ । भैरवी गाउँपालिका–६ तोरिमुलमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

स्थानीय चन्द्र बहादुर कडेलको छोरी १२ वर्षीया सर्मिला कडेलको शनिबार दिउँसो चट्याङ लागेर मृत्यु भएको हो ।

घरमा बसिरहेको अवस्थामा अचानक परेको चट्याङ लागेर गम्भीर घाइते भएकी उनको दुल्लु अस्पताल दुल्लु हुँदे कर्णाली प्रदेश अस्पताल सुर्खेतमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १८ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्