नेप्से १७ अंकले घट्यो, कतिले कमाए ?


 


काठमाडौं, चैत १८ । साताको पहिलो कारोबार दिन आज (आइतबार) शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३० अंकले घटेको छ ।

गत साताको अन्तिम कारोबार दिन झिनो अंकको सुधार देखिएको नेप्से आज ०.८५ प्रतिशतले घटेको हो । कूल ७९ लाख ५७ हजार ६५९ कित्ता शेयर ३ अर्ब २० करोड ५३ लाख ३२ हजार रुपैयाँमा कारोबार हुँदा १७२ कम्पनीका शेयरधनीले गुमाएका छन् ।

बजार घटेपनि ६३ कम्पनीका शेयरधनीले कमाएका छन् । १० कम्पनीको शेयरमूल्य स्थिर छ । नेप्सेमा दोहोरो अंकको गिरावट हुँदा पनि मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधित १० प्रतिशत कमाएका छन् ।

सो कम्पनीको प्रतिकित्ता शेयरमूल्य आज ३०.४० रुपैयाँले बढेर ३३४.४० रुपैयाँ पुगेको छ। सर्वोत्तम सिमेन्टका लगानीकर्ताले आज शेयरबजारमा सर्वाधिक ९.९९ प्रतिशत गुमाएका छन् ।

सो कम्पनीको प्रतिकित्ता शेयरमूल्य १०८.० रुपैयाँले घटेर ९७४.५० रुपैयाँ कायम भएको छ । आज सर्वोत्तम सिमेन्टकै शेयर सर्वाधिक कारोबार २८ करोड ६८ लाख ९३ हजार रुपैयाँभन्दा बढीको भएको छ ।

प्रकाशित मिति: १८ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्