आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई दुर्गा प्रसाईंकाे चुनौती


 


काठमाडौँ, चैत १८ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

आइतबार राजधानीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूलाई राज्यले पक्राउ गर्न खोजेको आरोप लगाउँदै पक्रेर देखाउन चुनौती दिएका हुन् ।

राज्यले पक्राउ गर्न खोजेपनि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नरोकिने समेत बताए । ‘अब अभियान झन् एग्रेसिभ जान्छ’, उनले भने, ‘अब मसँग पैसा पनि हुन्छ, लडाइ पनि गर्छु ।’ अभियानअनुसार जुम्लामा २२, दाङमा २४ गते, इलाममा ६ गते कार्यक्रम रहेको उनले बताए ।

यस्तै प्रसाईले झापास्थित बीएण्डसी मेडिकल कलेजको सम्बन्धन पाउने सर्वोच्चको आदेशपछि खुसी व्यक्त गर्दै बैंकको ऋण तिर्ने बताएका छन् । आफूले कहिल्यै पनि बैंकको ऋण तिर्दिनँ नभनेको जिकिर गर्दै उनले भने, तिमीले ७ प्रतिशत ब्याज किन १७ प्रतिशत बनायौँ रु गरिबको ऋण तिरिदेउ न सरकार पो भनेको ।’

राजनीतिक दलका नेताहरुले नबोलेका कारण आफू गरिबको पक्षमा बोलेको उनको दाबी छ ।

प्रकाशित मिति: १८ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्