डोटीमा रुखले च्यापिएर बालकको मृत्यु


 


डोटी, चैत १८ । डोटीको सायल गाउँपालिमा–२ खरगडामा रुखले च्यापिएर एक किशोरको मृत्यु भएको छ ।

सोही गाउँपालिका–५ पटकानी स्थित मामाको घरमा बस्दै आएका १४ वर्षीय तिलक बोहराको रानीबन जंगलमा दाउराको लागि बाँझको रुख
काट्ने क्रममा सोही रुखले च्यापिएर मृत्यु भएको हो ।

रुखले च्यापिई गम्भिर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याई डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको हो ।

यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय आदर्श डोटीबाट प्रहरी टोली खटिई आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: १८ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्