उपनिर्वाचनमा एमालेलाई कसैले हराउन सक्दैन : ओली


 


काठमाडौं, चैत १७ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले नै जित्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेलाई कसैले हल्लाउन नसक्ने बताए ।

उनले एमालेविरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने जिकिर गरे।

तत्कालीन अवस्थामा एमालेका हस्ती नेताहरुले पार्टी विभाजन गरेर जाँदा पनि पार्टीले धेरै ठाउँमा हारको सामना गर्नुपरेको भन्दै अध्यक्ष ओलीले अब एमालेले हार्नुपर्ने कुनै कारण नरहेको बताए।

प्रकाशित मिति: १७ चैत्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्