सम्पूर्ण वामपन्थीहरु एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड


 


काठमाडौं, चैत १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण वामपन्थीभक्तहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

२४औं जेल ब्रेक स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ र मौलिक तरिकाले नेपाली समाजवादी क्रान्ति अगाडि बढ्ने बताए ।

देश र जनतालाई केन्द्रमा राखेर आफू अगाडि बढेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले आफूहरुले लिएको संकल्प पुरा गर्ने बताए ।

सरकारमा रहँदा ८ हजार सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेर उनीहरूको नाम राजपत्रमा प्रकाशित गरेको उल्लेख गर्दै उनले त्यसलाई आफूले वर्ग संघर्षको निरन्तरता मानेको बताए ।

साथै उनले पार्टी र नेतालाई गाली गरेर जिम्मेवारी पूरा नहुने उल्लेख गर्दै सबैलाई एकताबद्ध भएर देश र जनताको पक्षमा उभिन आह्वान गरेका छन् ।

प्रकाशित मिति: १७ चैत्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्