केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्छ : शेखर कोइराला


 


काठमाडौं, चैत १७ । प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसका नेता डा। शेखर कोईरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित बिपी स्मृति सामुदायिक अस्पतालको १६ औं वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले यस्तो दाबी गरेका हुन् । नेपाली काँग्रेसले विपक्ष भएको नाताले सत्तामा जानका लागि कोशिस गरिराख्ने भन्दै उनले त्यो केही महिनाभित्रै सफल हुने बताए ।

उनले गठबन्धन बन्ने र भत्किने कुराले देश नबन्ने भन्दै यसलाई रोक्नका लागि निर्वाचन प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव समेत राखे । उनले आगामी निर्वाचनमा नेपाली काँग्रेसले गठबन्धन गरेर नजाने समेत बताए ।

नेता कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक सरकार र सत्तारुढ दलले संसदबाट पास गरेपनि त्यसलाई लागू हुन नदिने समेत बताएका छन् ।

प्रकाशित मिति: १७ चैत्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्