नेपालमा रहेर अपराध कर्म गर्ने ३५ सय विदेशी निष्कासित


 


काठमाडौं । नेपालमा रहेर विभिन्न आपराधिक कार्य गर्ने ३५ सयभन्दा बढी विदेशीलाई सरकारले निष्कासन गरेको छ।

अध्यागमन विभागले नेपालका विभिन्न भूभागमा रहेर आपराधिक गतिविधि गर्ने र गैरकानुनी रूपमा बसेका ३५ सय ७६ विदेशीलाई निष्कासन गरेको हो। यसरी निष्कासनमा पर्नेमा सबैभन्दा बढी चिनियाँ नागरिक रहेका छन् ।

अध्यागमन विभागले विदेशीहरूको प्रवेश र प्रस्थानलाई नियमित एवं नियन्त्रित गर्दै आइरहेको छ।

सोअनुसार विभागले विदेशीहरूको अनुगमन तथा अध्यागमन र अपराध नियन्त्रण गर्ने क्रममा पछिल्लो ६ वर्षमा ३५ सय ७६ जना विदेशीलाई नेपालबाट निष्कासन गरेको अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौलाले जानकारी दिए ।

प्रकाशित मिति: १४ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्