अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल पुस १८ गते सोमबार। इश्वी सन् २०१७ जनवरी २ तारिख। नेपाल संवत् ११३७ पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– चतुर्थी, १४:२० बजेउप्रान्त पञ्चमी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग भेटघाट हुनेछ । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा महत्वपूर्ण काम सफल हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परोपकारी काममा रुची बढ्नेछ । सामाजिक दायित्व वहन गर्दै फाइदा हुने काम हात पार्ने मौका छ । धेरैले साथ दिनेछन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । परिवारको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । रोकिएका अधुरा कामहरु सफल हुनेछन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक सद्भाव बढ्नेछ । धार्मिक तथा सामाजिक काममा रुची बढ्नेछ । सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा केहि चुनौतिको सामना गर्नुपर्ने देखिन्छ । प्रयास गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ । धार्मिक काममा रुची बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काम गर्ने उत्साह र हौसला बढ्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । साहित्यिक काममा जुट्नाले प्रशस्तै फाइदा हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) काममा विभिन्न अवसर मिल्नेछ । काममा परिवारको सहयोग प्राप्त हुनेछ । आम्दानी बिगार्नेहरू सक्रिय हुनेछन भने मन खिन्न रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कामका विशेष योजनाहरू बन्नेछन । सामाजिक काममा रुचि बढ्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नसोचेको काम बन्नाले उत्साह जाग्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परोपकारी क्रियाकलापबाट प्रतिष्ठा मिल्नेछ । रमाइलोमा समय बित्नेछ । सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन भने मन प्रसन्न रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पढाई लेखाइमा प्रगति हुनेछ । आफन्तसंगको भेटघाटमा मन प्रफुल्लित रहनेछ । स्वास्थ्यमा सोचे भन्दा धेरै खर्च बढ्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विवादमा परिने सम्भावना छ । ब्यापार ब्यबसायबाट आम्दानी प्रस्शत हुनेछ । यात्राको योग रहेको छ । पतिपत्नीमा अविश्वास बढ्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) परिवारको सहयोग मिल्नेछ । सानै प्रयासले पनि काममा ठुलो सफलता मिल्नेछ । शत्रुहरुले बाधा पुर्याउने काम गर्नेछन भने मन खिन्न रहनेछ ।

प्रकाशित मिति: १८ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्