ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु


 


जनकपुरधाम, चैत १३ । जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका(२० रुपैठाकी ३६ वर्षीया गौरी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

आज बिहान पौने ६ बजे चार्जमा लगाएको ई(रिक्साको तार छुटाउने क्रममा करेन्ट लागेको थियो ।

उपचारको लागि न्यूरो हस्पिटलमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको डिएसपी अवाले बताए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्