सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आज कारोबार ?


 


काठमाडौैं, चैत १३ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

सुन आज तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख २६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख २६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्