मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व मनाइँदै


 


काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व अर्थात् होरी मनाइँदैछ । मिथिला मध्यमा परिक्रमा समापन भएको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा रंगहरुको पर्व होली मनाउने परम्परा छ ।

हिजो परिक्रमा सम्पन्न भएपछि आज धनुषा, सप्तरी, सिरहासहित मिथिलाञ्चलमा एकअर्कालाई रंग दलेर हर्षोल्लासपूर्वक होली मनाउन लागिएको हो ।

मधेशमा चन्द्रमास गणनाको फागुपूर्णिमाको समाप्ति र चैत कृष्ण प्रतिपदा शुरु भएसँगै होली पर्व मनाउने परम्परा छ ।

यसअघि फागुन पूर्णिमाको दिन अस्ति काठमाण्डौउपत्यकासहित हिमाली र पहाडी जिल्लामा तथा हिजो तराई–मधेशका जिल्लामा होली अर्थात् फागु पर्व धुमधामकासाथ मनाइएको थियो ।

प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्