चार असईसहित २३ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन


 


काठमाडौं । प्रहरी प्रधान कार्यालयले दुई महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका २३ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

आफूखुसी गैरहाजिर रहेका र खोजतलास गर्दा समेत नआएका प्रहरीलाई सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालय नक्सालले २३ जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

गैरहाजिर हुनेमा प्रहरी सहायक निरीक्षकदेखि कार्यालय सहयोगीसम्म छन् ।

प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी दिएको छ।

हेर्नुस् सूची :

प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्