मन्त्रिपरिषद् विस्तार, कार्की राज्यमन्त्री नियुक्त


 


काठमाडौँ, चैत १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् विकस्तार गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार जसपाबाट प्रतिनिधिसभा सदस्य दीपक कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका छन् ।

यससँगै मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । कार्कीलाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार तोकिएको छ । वन मन्त्रालयमा सोही पार्टीबाट नवलकिशोर साह सुडी मन्त्री रहेका छन् ।

नयाँ गठबन्धनमा एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादी सरकारमा सहभागी छन् ।

प्रकाशित मिति: १२ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्