होली नुहाउन गएका ३ जना बालबालिका सुनकोशीमा बेपत्ता


 


काठमाडौं, ११ चैत। होली मनाएर सुनकोशी नदीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता भएका छन् ।

नुहाउन गएका त्रियुगा नगरपालिका–१४ का ८ वर्षीय चोकलचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उनीहरू त्रियुगा नगरपालिका–१४ धाप्लाङ भन्ने ठाउँबाट बेपत्ता भएका हुन् । होली खेलेपछि पौडी खेल्न भन्दै उनीहरू सुनकोशी नदीमा पुगेका थिए ।

बेपत्ताहरूको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । अहिले सशस्त्र प्रहरीको टोलीसमेत परिचालन गरिएको छ ।

प्रकाशित मिति: ११ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्