प्रमाण सहित उजुरी परे गृहमन्त्रीले राजीनामा दिनुपर्छ : एमाले


 


काठमाडौं, चैत ११ । नेकपा एमालेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध प्रमाण सहित उजुरी दर्ता भए राजीनामा दिनुपर्ने बताएको छ ।

आइतबार बसेको सचिवालय बैठकका निर्णयहरु सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले कुनै औपचारिक निकायमा प्रमाण सहित उजुरी दर्ता भयो गृहमन्त्री लामिछानेले छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने बताए ।

अहिलेको अवस्थामा गृहमन्त्री लामिछानेविरुद्ध प्रमाणसहितको उजुरी वा मुद्दा दायर नभएको उनले बताए । यद्यपि उनले सहकारीमा जम्मा गरेको रकम ठगी भएर धेरै सर्वसाधारण पीडित भएको भन्दै यसको छानबिन हुने बताए ।

अहिले काँग्रेसले राजनीतिक प्रतिशोधका लागि मात्रै गृहमन्त्रीको राजीनमामा मागिरहेको बताए । गठबन्धन टुटेपछि कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति लामिछानेलाई प्रधानमन्त्री अफर गरेको भन्दै उनले भने, प्रधानमन्त्रीका लागि आफूले प्रस्तावित गरेको मान्छे गृहमन्त्रीका निम्ति अयोग्य कसरी हुन् हुन्छ ?’

नेपाली कांग्रेसले भने गृहमन्त्री लामिछाने विरुद्ध सहकारी ठगीका विषयमा उजुरी परेकाले उनले राजीनामा दिनुपर्ने बताउँदै आएको छ ।

प्रकाशित मिति: ११ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्