तनहुँमा बस दुर्घटना हुँदा ६ चिनियाँ पर्यटक घाइते


 


पोखरा, चैत १० । तनहुँमा बस दुर्घटना हुँदा ६ जना चिनियाँ पर्यटक घाइते भएका छन् ।

काठमाडौँ जाँदै गरेको बा १ प ११३९ नम्बरको बस जिल्लाको म्याग्दे ६ शेराटारमा पल्टिएको हो ।

घाइते हुनेमा ६८ वर्षीय छुचेङ, ६७ वर्षीय काओमेङ, ५० वर्षका सुनलि, ७० वर्षीय लियोया छिङ, ६२ वर्षीय वाङ वि दोङ, ५७ वर्षीय हौछायो लि छन् ।

उनीहरुको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारमा उपचार भइरहेको डीएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

प्रहरीका अनुसार बसमा २६ जना यात्रु सवार थिए ।

प्रकाशित मिति: १० चैत्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्