सत्ता गठबन्धनले बदमासी गरिहँदा काठमाडौंबासी चुपचाप बसे : शेखर कोइराला


 


काठमाडौं, चैत १० । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामिछानेले नैतिकताका आधारमा पदमा बस्न छुट नभएको बताएका हुन् ।

चौतर्फी विरोध भैरहँदा पनि लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको त छैन भन्ने प्रश्न उठेको कोइराला बताए । ‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्छ,’ उनले भने, ‘ यदि यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भैहाल्यो नि ।’

यस्तै नेता कोइरालाले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाडौंका चेतनशील मानिसहरु चुपचाप बसिरेको आफू अचम्मित भएको समेत बताए । हरेक परिवर्तनमा काठमाडौंवासीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनले अब उनीहरुको निरन्तर खबरदारीको आवश्यकता रहेको बताए ।

प्रकाशित मिति: १० चैत्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्