सरकारको निष्कर्ष : संसदीय छानबिन समिति नबनाउने


 


काठमाडौँ, चैत ९ । सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति आवश्यक नभएको निष्कर्ष निकालेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छानबिन समितिको माग गर्दै लगातार सदन अवरुद्ध गरिरहेका बेला सरकारले यस्तो निष्कर्ष निकालेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गृहमन्त्री लामिछानेमाथि संसदीय समिति बनाएरै छानबि गर्न आवश्यक नभएको बताइन् । उनले सहकारीको विषयमा विभिन्न कार्यदल बनाएर अनुसन्धान भइरहेकाले अर्को समिति आवश्कि नभएको बताइनश् ।

उनले अनुसन्धानको क्रममा यथेष्ट प्रमाण आइपुगे जोसुकै भए पनि कानूनी दायरामा आउनुपर्ने बताइन् । अहिलेसम्मको अनुसन्धानले गृहमन्त्रीको संलग्नता नभएको देखिएको भन्दै उनले अनुसन्धनमा प्रमाणले दोषी देखिए कानूनी दायरामा आउने बताइन् ।

प्रकाशित मिति: ९ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्