स्रोत नखुलेको रकमसहित युवक पक्राउ


 


काठमाडौँ, चैत ९ । सिरहाको लहान नगरपालिका–१ गोलचक्करबाट स्रोत नखुलेको रकमसहित एक जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँपालिका–६ सितापुर बस्ने ३० वर्षीय मुकेशकुमार साह छन् ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो उनको साथबाट स्रोत नखुलेको नगद १० लाख १ हजार ६ सय रूपैयाँ बरामद गरेको हो ।

प्र।०१२–०१–००२ प ३९६९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ९ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्