कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा


 


काठमाडौं, चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा भएका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि उनलाई रिहा गरिएको हाे ।

महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीले सरकारी वकिलसँग अनुमति मागेको थियो ।

प्रहरीले महरालाई कपिलवस्तुबाट ५ चैतमा पक्राउ गरेको थियो । अदालतमा म्याद थप गर्न हाजिर भएका बेला उनको स्वास्थ्य स्थितिलाई ख्याल गर्दै अस्पतालमा राख्न आदेश भएको थियो ।

स्वास्थ्य अवस्थालाई ख्याल गर्दै बयान भइसकेकाले बाहिरै राखेर पनि थप अनुसन्धान गर्न मिल्ने सन्दर्भमा उनलाई छाडिएको प्रहरीले जनाएको छ ।

महराको चिनियाँ तस्कर गिरोहसंग सम्बन्ध देखिएको थियो । उनका छोरा राहुल महरा यही मुद्दामा पुर्पक्षका लागि थुनामा छन् ।

प्रकाशित मिति: ९ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्