महराको बयान सकियो, हाजिरी जमानीमा छोड्न माग


 


काठमाडौं, चैत ९ । सुन तस्करी प्रकरण पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महराको बयान सकाएका हुन् ।

कपिलवस्तुबाट गत सोमबार पक्राउ परेका महराविरुद्ध अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद पाएको थियो । उक्त म्याद बिहीबार सकिएपछि आज शुक्रबार म्याद थप गर्ने वा स्वास्थ्यका कारण हाजिरी जमानी छाड्ने भन्नेबारे टुंगो लाग्ने छ ।

महराका वकिलहरुले पपनि पनि उनी बिरामी नै रहेकाले हाजिरी जमानीमा छाड्नुपर्ने माग राखेका छन् ।

अदालतले समेत महराको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै अस्पताल भर्ना गर्नु भन्ने आदेश दिएको थियो । उनी अहिले पनि अस्पतालमै छन् ।

प्रकाशित मिति: ९ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्