बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ


 


बर्दिया, चैत ९ । बलात्कारको आरोपमा बर्दियामा एक वडाध्यक्ष पक्राउ परेका छन् ।

२० बर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बर्दियाको बाँसगढी नगरपालिका – ४ का वडाध्यक्ष ४६ वर्षीय कृष्णप्रसाद बास्तोला पक्राउ परेका हुन् ।

प्रहरीले उनलाई बिहीबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

युवतीले वडाध्यक्ष बास्तोलाविरूद्ध प्रहरीमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गर्दै अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति: ९ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्