तीन संसदीय समितिको बैठक बस्दै


 


काठमाडौं । तीन संसदीय समितिको बैठक शुक्रबार बस्दैछ। प्रतिनिधिसभाका दुई र राष्ट्रिय सभाका एउटा समितिको बैठक बस्नेछ।

पूर्वाधार विकास समितिको बैठक मध्याह्न १२ बजे बस्नेछ। बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदनमाथि छलफल हुनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ। विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे छलफल हुनेछ।

राष्ट्रिय सभातर्फको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ।

बैठकमा समितिको आगामी कार्ययोजना छलफल हुने कार्यसूची छ।

प्रकाशित मिति: ९ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्