अरविन्द केजरिवालको घरमा कुनै प्रमाण नभेटिएको दाबी, ७० हजार भारु बरामद


 


काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालको घरमा कुनै प्रमाण नभेटिएको दाबी गरिएको छ । भारतको आम आदमी पार्टी (आप) सो दाबी गरेको हो ।

बिहीबार साँझ ७ बजेतिर कर विभागअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी) को १० सदस्यीय एक टिम ‘सर्च वारेन्ट’ बोकेर केजरिवालको निवासमा पुगेको थियो ।

त्यसपछि उनीसँग करिब दुई घण्टा सोधपुछ गरेर केजरिवाललाई करिब ९ बजेतिर पक्राउ गरिएको थियो ।

दिल्ली सरकारका मन्त्री सौरव भारद्वाजले केजरिवालको घरबाट ७० हजार रुपैयाँ भारुमात्र भेटिएको दाबी गरेका छन् । केजरिवालको फोन पनि जफत गरिएको बताइएको छ । केजरिवाल पक्राउविरुद्ध आपले आज देशव्यापी प्रदर्शन गर्दैछ ।

प्रकाशित मिति: ९ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्