बिहे गरेको एक सातामै बलात्कार मुद्दामा चिकित्सक पक्राउ


 


काठमाडौं । बलात्कार अभियोगमा चिकित्सक पुजन ज्ञवाली पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई बलात्कार मुद्दामा पक्राउ गरी मुद्दा दायर गरेको हो ।

सहकर्मी चिकित्सक महिलालाई नै बारम्बार बलात्कार गरेको अभियोग उनीमाथि छ । मेडिकेट अस्पताल, बुटवलमा कार्यरत ज्ञवालीमाथि पूर्वप्रेमिकालाई बलात्कार र यौन शोषण गरेको अभियोग छ ।

ज्ञवालीले गत २ फागुनमा विहे गरेका थिए । ११ फागुनमा उनी पक्राउ परेका हुन् । बुटवलस्थित प्रादेशिक अस्पतालमा कार्यरत रहँदा सहकर्मी चिकित्सकसँग उनी प्रेममा परेका थिए । तर, ती चिकित्सकलाई वेवास्था गरी अर्की युवतीसँग बिहे गरेका थिए ।

एमडीको प्रवेश परीक्षाका लागि काठमाडौं आएका बेला काठमाडौं १६ बोहोराटारस्थित डेरामा बलात्कार गरेको अभियोगमा ज्ञवाली पक्राउ परेका हुन् ।

यद्यपी उनले बयानमा बलात्कार अभियोग अस्वीकार गरेका छन् । बिहेका लागि पटक–पटक दबाब दिएको र नमानेपछि उनले बलात्कार मुद्दामा उजुरी दिएको ज्ञवालीको दाबी छ ।

पीडित र पीडक दुवै जनाले बंगलादेशबाट एमबीबीएस गरेका हुन् ।

प्रकाशित मिति: ९ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्