ताइवान र चीनबिच फेरि खिचातानी


 


ताइपेई । चीन र ताइवानबिच तनाव चलिरहेको छ । बुधबार र बिहीबार बिहान चिनियाँ सेनाले ताइवानको सीमामा घुसपैठ गर्ने प्रयास गरेको थियो । तर ताइवानको सेनाले यसको जवाफ दिएको बताइएको छ ।

ताइवानको रक्षा मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै मार्च २० र २१ तारिख बिहान करिब ६ बजे ताइवानको सिमानामा ३२ वटा चिनियाँ लडाकु विमानहरू देखिएको बताएको छ । साथै ताइवानको सीमा नजिक चिनियाँ नौसेनाका पाँच युद्धपोतहरू पनि देखिएको विज्ञप्तिमा भनिएको छ ।

पिपुल्स लिबरेशन आर्मी (पीएलए)का यी ३२ विमान मध्ये २० लडाकु विमान ताइवान स्ट्रेट पार गरी दक्षिण–पश्चिम, दक्षिण पूर्वी र पूर्वी वायु रक्षा पहिचान क्षेत्र (एडीआईजेड)मा छिरेको थियो । बताइएको छ । चीन र ताइवानबीचको यो स्ट्रेट अनौपचारिक सीमा हो । जनवरीको अन्त्य र फेब्रुअरीको सुरुको २४ घण्टामा मन्त्रालयले ताइवान आसपास ३३ ओटा चिनियाँ युद्ध विमान देखेको बताएको थियो ।

प्रकाशित मिति: ८ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्