संशोधन विधेयकविरुद्ध परेको रिटमा सुनुवाई हुदै


 


काठमाडौं, पुस १७

मधेशी मोर्चाको माग सम्बोधनका लागि भन्दै सरकारले व्यवस्थापिका संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकविरुद्ध सर्बोच्चमा परेको रिटमाथि आज सुनुवाई हुदैछ ।

संशोधन विधेयक रोक्न अन्तरिम आदेश माग गर्दै पूर्व सभासद विष्णुबहादुर राउत र टीकाध्वज खड्काले सर्बोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाई हुन लागेको हो ।

रुपान्तरित संसदलाई संविधान संशोधन गर्ने र सिमा हेरफेर गर्ने अधिकार नभएको भन्दै पूर्वसभासद राउतले विधेयक खारेजको माग गर्दै रिट दायर गरेका थिए ।

रिटमा सरकार, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाएको छ । आजको बहसमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीलाई समेत बोलाइएको अधिवक्ता चन्द्रकान्त ज्ञवालीले जानकारी दिए ।

सरकारले संशोधन विधेयक दर्ता गर्नुअघि नै पनि संशोधन प्रस्ताव असंवैधानिक रहेको भन्दै त्यसलाई रोक्न अन्तरिम आदेश माग गर्दै रिट दषर भएको थियो ।

रिटमा उत्पेषण, अधिकारपृच्छा र परमादेश अधिकारको माग गरिएको छ । संशोधन विधेयकलाई लिएर दलहरुबीच धु्रवीकरण बढीरहेका बेला सर्बोच्चबाट हुन लागेको सुनुवाईलाई चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति: १७ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्