बैतडीमा श्रीमान‍ले गरे श्रीमतीको हत्या, दुईजना घाइते


 


बैतडी, चैत ८ । बैतडीमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् भने दुईजना गम्भीर घाइते भएका छन् ।

जिल्लाको डिलाशैनी गाउँपालिका-७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले बिहीबार बिहान कोदालो प्रहार गरेर आफ्नी ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या गरेका हुन् ।

किसनले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेपछि उनकै घरमा डेरा गरी बसेका सुभास कलौनी र देवराज भट्टमाथि पनि कोदालो प्रहार गरेर गम्भीर घाइते बनाएका छन् ।

दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिकामा उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ कलौनी र कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय भट्ट घाइते भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

घाइतेहरूलाई थप उपचारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मगाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ ।

प्रकाशित मिति: ८ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्