पाटे बाघको छालासहित एक जना पक्राउ


 


बाँके, चैत ८ । नेपालगंज उपमहानगरपालिका–२ पुष्पलाल चोकस्थित रोयल महाबुब होटलबाट बाघको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लम्बाई ५ फिट ९ ईन्च र चौडाई ३ फिट २ ईन्च भएको पाटे बाघको छालासहित सुर्खेत बराहाताल गाउँपालिका–२ पाक्मा बस्ने २८ वर्षीय चन्द्र बहादुर कार्कीलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले होटल तलासी गर्ने क्रममा उनलाई उक्त छालासहित फेला परी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ८ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्