ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ


 


काठमाडौं, चैत ८ । ग्रीस पठाइदिन्छु भन्दै ६९ लाख ३० हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई
मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा महोत्तरी गौशाला नगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–६ बौद्द बस्ने २३ वर्षीय निशेष कुमार मुक्तान र गोरखा धार्चे
गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने २० वर्षीया बिनिता गुरुङ छन् ।

उनीहरूले १२ जनालाई वैदेशिक रोजगारीका लागि ग्रीस पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले निशेषलाई काठमाडौं बौद्धबाट र बिनितालाई काठमाडौं
बसुन्धाराबाट पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ८ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्