हत्यामा संलग्न फरार अभियुक्त पक्राउ


 


काठमाडौं, चैत ८ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मकवानपुरगढीबाट हत्यामा संलग्न रही फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

ललितपुर बालकुमारीमा डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका–२ गुरास गाउँ घर भएका ३३ वर्षीय हरी खड्काको हत्यामा संलग्न रही फरार रहेका मकवानपुर गढी गाउँपालिका–१ पिङडाँडा बस्ने २३ वर्षीय बुद्ध बोम्जन मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका–९ गुहे पोखरीमा २०७६ साउन २८ गते हरीलाई बुद्ध बोम्जन समेतले धारिलो हतियार प्रहार गरी हत्या गरी फरार भएका थिए ।

घटनामा संलग्न बोम्जनलाई मकवानपुर गढी गाउँपालिका–१ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ८ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्