गृहमन्त्री लामिछानेसहित १८ जनाविरुद्ध राज्य व्यवस्था समितिमा उजुरी


 


काठमाडौँ, चैत ८ । सूर्यदर्शन बचत तथा ऋण सहकारी लिमिटेड ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेसहित १८ जनाविरुद्ध राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति समेत रहेका मिछाने, पूर्व उप(राष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलगायत १८ जना विरुद्ध समितिमा बिहीबार उजुरी परेको हो ।

रविसहित केही व्यक्ति र संस्थाले पोखरास्थित सूर्यदर्शन सहकारीबाट करिब १९ हजार मानिसको १ अर्ब ३५ करोडभन्दा बढी पैसा अपचलन गरेको आरोप उजुरीमा उल्लेख छ ।

सहकारी पीडितले यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा सोही १६ जना व्यक्ति तथा संस्थाकाविरुद्धमा उजुरी दिएका थिए ।

गृहमन्त्री लामिछानेले भने उक्त प्रकरणमा आफ्नो संलग्नता नरहेको स्पष्टिकरण दिँदै आएका छन् ।

प्रकाशित मिति: ८ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्