राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त


 


काठमाडौं, चैत ८ । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा नियुक्ति गर्ने निर्णय गरेको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त चार जनाको सदस्य पदमा नियुक्ति गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार रिक्त सदस्य पदमा काठमाडौंकी प्राध्यापक संगीता सिंह, जुम्लाका डा. कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाँडेलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरिएको छ ।

प्रकाशित मिति: ८ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्